सुनको भाउ बढ्यो , कति पुग्यो आज तोलाको ?

काठमाडौं, चैत १६ । नेपाली बजारमा आज सुनको भाउ सामान्य रुपमा उकालो लागेको छ ।

आज नेपाली बजारमो सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्