वायु प्रदूषण बढ्यो, आजदेखि चार दिन देशभरका सबै शिक्षण संस्थाहरू बन्द

काठमाडौँ, चैत १७ । वायु प्रदूषणका कारण देशभरका सबै शिक्षण संस्थाहरू आजदेखि चार दिनलाई बन्द गरिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको आकस्मिक बैठकले शुक्रबारसम्म चार दिन सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आजदेखि शुक्रबारसम्मलाई विद्यालय बन्द गरिएका हुन् ।बढ्दो प्रदूषणले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलतालाई ध्यानमा राख्दै शिक्षण संस्था बन्द गरिएको हो ।

शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । बाक्लो तुवालोका कारण आँखा पोल्ने समस्या देखिएको छ । साथै स्वासप्रवासमा पनि समस्या देखिने भएकाले सरोकारवाला निकायले घर भित्रै बस्न सुझाव दिएका छन् ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ ।

प्रतिक्रिया दिनुहोस्