आउँदो ६ महिनाभित्र देशभर फोरजी सेवा

काठमाडौं, चैत १८ । अबको ६ महिनापछि देशभर फोरजी सेवाको नेटवर्क पुग्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले बढीमा ६ महिनामा देशका सबै भागमा फोरजी सेवाको नेटवर्क पुगिसक्ने गरी सेवाप्रदायकबाट काम भएको बताएको छ । हाल फोरजी सेवाको नेटवर्क ७७ वटै जिल्ला सदरमुकाम तथा प्रमुख व्यापारीक क्षेत्रमा पुगिसकेको छ ।

भदौसम्ममा देशका कुनै पनि मानवबस्ती नछुट्ने गरी फोरजीको कभरेज पु¥याई राजधानीमा तथा प्रमुख सहरमा फाइवजी सेवा परीक्षण गर्ने लक्ष्य प्राधिकरणmे लिएको छ ।

हालसम्म ६७ लाख सेवाग्राही फोरजीसेवाबाट लाभान्वित भएको र आउँदा दिनमा भ्वाइस सहितको डेटा बजार बढ्दै जाने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

पछिल्लो समय फोरजी सेवामा भ्वाइससहित डेटा प्रयोग गर्नेको संख्या अधिक छ । यसरी देशभर फोरजी सेवा पुगेपछि सेवाग्राहलाई भने सहज र सरद हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्