लोक तथा दोहोरी क्षेत्रमा लोकप्रियता बढ्दै गायिका सुनिता बुढा क्षेत्रीको !

पार्वती पाठक , काठमाडौं, चैत १९ ।पछिल्लो समय एकपछि अर्को गीतमा आवाज दिएर दर्शकको मनमा बस्न सफल भएकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री यति बेला गीत गाउनमा निकै ब्यस्त छिन् ।

केहि समय अगाडि सुर्खेतमा रहेर चर्चामा रहकी गायिका सुनिता बुढा क्षेत्री अहिले भने काठमाडौंका स्टुडियोमा गीत गाउन नै ब्यस्त छिन् ।उनका गीतहरु एकपछि अर्को हुँदै बजारमा धमाधम आइरहेका छन् ।

अहिले बजारमा आएका गीतमा तपाईले सुनेको सबै भन्दा धेरै आवाज हो सुनिता बुढा क्षेत्रीको !  पछिल्लो समय लोकगीत संगीतको बजारमा उनको लोकप्रियता निकै बढेको छ ।

लोक तथा दोहोरी क्षेत्रमा हरेक दिनजसो नयाँ कलाकारको आगमन भइरहेको हुन्छ । तर सबै कलाकारलाई यस क्षेत्रमा टिकिरहन , बिकिरहन भने मुस्किल छ । आए पनि केहिदिन भाइरल हुन्छन तर स्थापीत भने हुँदैनन् । पैसाको बलमा भाइरल भएर हराउनेको पनि कमी छैन यो क्षेत्रमा ।

कला र गला भएका र यहि क्षेत्रमा आफ्नो भविष्य खोज्ने कलाकारहरु यस क्षेत्रमा प्रवेश गर्छन तर कोही दर्शकको मनमा बस्न सफल हुन्छन भने कोही बिलाएर जान्छन् । कला गला भएर पनि कसैले यसमा अवसर पाएका हुँदैनन् । तर भविष्य भने खोजिरहेका हुन्छन् ।

हो यहि क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी गायिका हुन् सुनिता बुढा क्षेत्री !सुर्खेतमा जन्मिएर सानैदेखि गीत–संगीतमा रुचि राख्ने सुनिता यति बेलाकी व्यस्त र अत्यधिक माग भएकी गायिकाको रुपमा चिनिएकी छन् ।

निकै सुरिलो र सुमधुर आवाजकै कारण अहिले उनले सबैको मन जित्न सफल भएकी छन् । कला र गला अनि स्वरकी धनी भएकी सुनिताले पहिले कहिले काही मात्रै गीतमा आवाज दिन्थीन तर अहिले भने उनको स्वरमा हरेक दिन ४–५ वटा गीत रेकड भइरहेका छन् । यो क्षेत्रमा प्रतिष्पर्धा पनि निकै छ । अनि संघर्ष पनि त्यतिकै आवश्यक हुन्छ ।तर यस्तो माहोलमा पनि सुनिताले छोटो समयमै आफुलाई अब्बल गायिकाको रुपमा स्थापित गरेकी छन् ।

यसरी दर्शकले माया गरेर आफु सफल भएकोमा उनी आफुलाई निकै भाग्यमानी ठान्छु भन्छिन् । कुनै पनि कुरामा सफल हुन दुःख र संघर्ष गर्ने पर्छ । यस्ता कयौं उदाहरण छन् तर सुनिताले भने आफुले त्यति दुःख र संघर्ष भने गर्न नपरेको बताएकी छन् । अहिले उनले नाम र दाम दुबै कमाएकी छिन । अज भनौ सा्रेता दर्शको माया झन पाएकी छन् ।

अहिले गायिका क्षेत्रीले अग्रज सर्जकका गीत र चर्चित कलाकारसँग गीत गाइसकेकी छन् । ती सबै गीत उत्कृष्ट र हिट भएका छन् ।

आउनासाथ नै गीत गाउने अवसर उनलाई मिल्यो , सुरुमा ‘आधा माया’ बोलको गीत गाउँने अवसर उनले पाएकी थिइन । यो गीत बजारमा आएसँगै उनको आवाज र गीतलाई निकै रुचायो भने गीतले पनि चर्चा कमायो । ‘आधा माया’ नै सफलताको खुड्किलो भएको उनी बताउछिन् ।

यसपछि उनको झन गीत संगीतमा व्यस्तता बढ्न थाल्यो । अनि लगातार गीत रेकर्डिङमै उनको दिन जान थाल्यो । उनले गाएका हरेक गीतमा राम्र्रो प्रतिक्रिया र स्वरको प्रशंसा हुन थालेको छ । अहिले उनलाई अग्रज कलाकार देखि लिएर सबैको साथ पनि मिलको छ ।

जति अरुले दुख गर्नु पथ्र्यो त्यति आफुले काठमाडौंमा दुख नपपाएको र महसुस पनि नभएको उनी बताउछिन् । सुनिताले अहिलेसम्म १ सय भन्दा धेरै गीतमा स्वर भरिसकेकी छन् । अहिले उनले अग्रज तथा आफुलाई मन पर्ने कलाकारसंग गीत गाइरहेकी छन् ।

अहिले उनका चर्चित गीत समिल, ढाट्यो जिन्दगीले फलाम पिटे दबार लगाएत थुर्पै गीतले चर्चा बटुलीरहेका छन् ।

गीत–संगीतमा लाग्ने सोच बनाएर गायिका सुनिता बुढा क्षेत्री गतवर्ष मात्रै काठमाडौं आएकी हुन् । उनी अहिले गीत गाउनमा निकै व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्