धारिलो हतियार देखाइ आइएमई लुट्ने ४ जना पक्राउ

काठमाडौं , चैत १९ । खिचापोखरीमा रहेको आइएमई लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत जनसेवाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ्गका दीपुन श्रेष्ठ, रुकुम सानिभेरी गाउपालिकाका तिलक राउत, कालिकोट सानी त्रीबेणीका नवीन केसी र सोही उमेश केसी रहेका छन् ।

उनीहरूले बुधबार खिचापोखरीमा रहेको ग्लोबल जिपाङ्ग टुर्स एण्ड ट्राभल्स नामको आइएमईमा धारिलो हतियार देखाइ कर्मचारीको हात बाँधी ६ लाख रुपैयाँ लुटेर फरार भएका थिए ।

पक्राउ परेकाहरूबाट प्रहरीले १ लाख ३४ हजार नगद बरामद गरेको छ । बाँकी ४ लाख ६२ हजार रुपैयाँ उनीहरूले खर्च गरिसकेको बयानमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्