नेप्से २६ सय ३१ अंकमा, सातामा २४ अर्ब एक करोडको कारोबार

काठमाडौ , चैत २० । यो साता नेप्से २६ सय ३१ दसमलव ८९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ६६ दसमलव ४२ अंकमा पुगेको छ ।

यो साता नेप्सेमा दुई सय १८ वटा कम्पनीहरुको दुई लाख ७४ हजार पाँच सय २० पटकको कारोवारमा चार करोड ७० लाख २१ हजार दुई सय ५३ कत्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम २४ अर्ब एक करोड ३९ लाख पाँच हजार नौ सय ७० रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय ११ वटा कम्पनीहरुको तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोवारमा छ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर खरिद बिक्री हुदा कुल कारोवार रकम २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन नेप्से बन्द रहेको थियो भने दोस्रो दिन घटेको थियो । यि बाहेक बाँकी दिनहरुमा भने नेप्से बढेको थियो ।

जसमध्ये दोस्रो दिन नेप्से पाँच दसमलव ४५ अंकले घटेर २५ सय ४३ दसमलव ५२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ३९ अंकले घटेर चार सय ४९ दसमलव ९२ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से ३२ दसमलव १५ अंकले बढेर दुई हजार पाँच सय ७५ दसमलव ६६ पुुग्दा सेन्सिटिभ पनि छ दसमलव १९ अंकले बढेर चार सय ५६ दसमलव १० अंकमा पुगेको थियो ।

चौथो दिन पनि नेप्से ४३ दसमलव ३६ अंकले बढेर दुई हजार छ सय १९ दसमलव दुुई अंकमा पुुग्दा सेन्सिटिभ पनि सात दसमलव ४८ अंकले बढेर चार सय ६३ दसमलव ५९ अंकमा पुगेको थियो । अन्तिम कारोवार दिन पनि नेप्से १२ दसमलव ८८ अंकले बढेर दुई हजार छ सय ३१ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ८३ अंकले बढेर चार सय ६६ दसमलव ४२ अंकमा पुुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अजोड इन्स्योरेन्स कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड आदि परेकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेशनल हाईड्रो पावर कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, आदि परेकाछन । सेयर सुचीकरणर्फ भने यो साता आरएसडिसी लघुबित्त बित्तीय संस्था, एनएमबी लघुबित्त बित्तीय संस्था, पोखरा फाईनान्स, सहरा बिकास बैंक, बिजय लघुबित्त बित्तीय संस्था, एनआईसी एशिया लघुबित्त बित्तीय संस्था आदिको बोनस, हकप्रद तथा साधारण सेयर सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्