सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

काठमाडौँ , चैत २० । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । पछिल्लो समय सुनको मुल्य बढ्ने र घट्ने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्