३ वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं आउँछः प्रधानमन्त्री ओली

काठमाडौं , चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्षमा काठमाडौंका बासिन्दाले याङ्ग्री र लार्केको पानी पउिन पाउने बताएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, मेलम्चीको सुरुङ बनिसक्यो अब याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो छैन, प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ उनले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताए ।

धेरै वर्षको प्रतिक्षा पछि काठमाडौंबासीले अहिले आएर मेलम्चीको पानी पीउन पाएका छन् । काठमाडौंमा बस्ने बासीन्दाले पानीको मार खेपीरहेका थिए अब भने केहि सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्