मेयर कप महिला टी २० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं, चैत २२ । एपीएफ क्लवले मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा उपाधिको प्रबल दावेदार मानिएको एपीएफले सुदुरपश्चिम प्रदेशलाई ३७ रनले हराएको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा मात्र २ विकेट गुमाएर एक सय २७ रन बनाएकोथियो । एपीएफका लागि ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरिन । उनले टिमकालागि ५९ रनको अर्शतकीय पारी खेलिन् ।

यस्तै सरिता मगरले अविजित ३५ रनको योगदान गरिन भने इन्दु बर्मा ४ रनमा अविजित रहिन् । कप्तान सरिता राना मगर १६ रनमा आउट भईन् ।

बलियो सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । उसकी ओपनर सिता रानामगर १६ रनमा आउट भएपछि एपीएफले पहिलो विकेट गुमायो ।

दोस्रो विकेटका लागि पनि सरिता मगर र ज्योती पाण्डेले ५२ रनको साझेदारी गर्दै टिमलाई बलियो लक्ष्य दिन सफल बनाए ।यता सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १-१ विकेट लिईन् ।

जवाफमा सुदुरपश्चिम १९ ओभरमा ९० रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । उसका लागि सुनिता लुहरले सर्वाधिक २३ रन बनाए भने डोली भट्टले १६ तथा रेवती धामीले १२ रन बनाइन । बाँकी खेलाडी सस्तैमा आउट भए ।

खराव ब्याटिङ गरेको सुदुरपश्चिमले सात रनमा पहिलो विकेट गुमायो । उसका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुन सकेन ।

नौ रनमा दोस्रो विकेट गुमाएको सुदुरले १० रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । ३६ रन बनाउँदा चार विकेट खेर फालेको सुदुरपश्चिमले स्कोरबोर्डमा अरु ५४ रन बनाउँदा अलआउट भयो ।

सुदुरपश्चिमको पारीलाई ध्वस्त बनाउने क्रममा एपीएफकी विनु बुढाले तीन तथा सिता रानामगर र सुमन विष्टले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्