२५. ७१ अंकले बढेर ऐतिहासिक विन्दुमा नेप्से, ९ अर्बको कारोबार

काठमाडौं, चैत २२ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २५.७१ अंकले बढेर ऐतिहासिक विन्दु कायम गरेको छ।आज नेप्से सुचक तथा कारोवार रकम दुवै नै उच्च अंकले बढ्दा लगानीकर्ताहरु उत्साहित भएका हुन् ।

नेप्से २५ दसमलव ७१ अंकले बढेर २६ सय ५७ दसमलव ६१ बिन्दुमा पुग्दा आज सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ३३ अंकले बढेर चार सय ७० दसमलव ७५ बिन्दुमा पुगेको छ । आज दुई सय १२ वटा कम्पनीहरुको ८९ हजार आठ सय ६० पटकको कारोवारमा एक करोड ८१ लाख ७३ हजार तीन सय ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम नौ अर्ब ६८ लाख ५८ हजार पाँच सय ५८ रुपैयाँ पुगेको छ । आज १३ वटा समुहको कारोवार भएकाछन । जसमध्ये पाँच वटा समुहको सुचक घटेका छन् भने नौ वटा समुहको सुचक बढेका छन् ।

ती मध्ये पनि आज बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव ६७ अंकले बढेर १८ सय २६ दसमलव २० बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३७ दसमलव १४ अंकले बढेर २५ सय १० दसमलव २० बिन्दुमा चढेको छ ।

यस बाहेक बिकास बैंक, निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेका छन् । टेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहको सुचक भने आज घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको वोमी माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर १५ सय आठ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ७३ प्रतिसतले घटेर चार सय २३ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ८० रुपैयाँ अन्तिम मुल्यमा ४६ करोड १९ लाख ८२ हजार एक सय ४३ रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्