आज सुनको मुल्य घट्यो , तोलाको कति पुग्यो ?

काठमाडौँ, चैत २३ । नेपाली बजारमा आज सुनको मूल्य ओरोलो लागेको छ ।

साताको दोस्रो दिन आज, आइतबारको तुलनामा सुनको मूल्यमा २०० रूपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको भइरहेको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय सुनको मुल्यमा घट्ने र बढ्ने भइरहेको छ ।

चाँदीको मूल्य आज ५ रूपैयाँले घटेर १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्