ह्याकरले गर्यो ५३ करोड बढी फेसबुक प्रयोगकर्ताको विवरण लिक

काठमाडौं, चैत २३ । एउटा लो लेभल ह्याकिङ फोरमका ५३ करोड बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक भएको छ ।

शनिबार लिक गरिएको सो विवरणमा १०६ देशका ५३ करोड ३० लाख बढी प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, जन्म मिति, इमेल लगायतका सुचनाहरु सार्वजनिक गरिएको छ ।

ती मध्ये ३ करोड २० लाख अमेरिका, एक करोड १० लाख बेलायत र ६० लाख प्रयोगकर्ता भारतका रहेका बिजनेश इन्साइडरले जनाएको छ ।

पहिचान भएका केही व्यक्तिको विवरण लिक भएको डाटासँग परीक्षण गर्दा मेल खाएको समाचारमा जनाइएको छ ।

सो डाटा केही असुरक्षाका कारण स्क्याप गरिएको उल्लेख गर्दै फेसबुकका एक प्रवक्ताले सन् २०१९ मै सो समस्याको समाधान गरिसकेको दाबी गरेका छन् ।

यद्यपी सो डेटाले साइबर अपराधीहरुलाई निकै उपयोगी सूचनाहरु प्रदान गर्नसक्ने साइबरक्राइम इन्टेलिजेन्स फर्म हड्सन रकका सीटीओ एलन गलले बताए ।

प्रतिक्रिया दिनुहोस्