झिनो अंकले बढ्यो नेप्से, सात अर्ब २९ करोडको सेयर किनबेच

काठमाडौं , चैत २३ । नेप्सेको अघिल्लो दिनको उच्च बृद्धिले आज सोमबार भने बिराम लिएको छ । अघिल्लो दिन २५ अंकले बढेको नेप्से आज एक दसमलव १३ अंकले बढेर २६ सय ५८ दसमलव ७४ बिन्दुमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव शुन्य नौ अंकले बढेर चार सय ७१ दसमलव ८४ बिन्दुमा पुगेको छ ।

दुई सय १२ वटा कम्पनीहरुको ७३ हजार पाँच सय ९८ पटकको कारोवारमा आज एक करोड ५८ लाख ५३ हजार नौ सय ९३ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम सात अर्ब २९ करोड ६७ लाख ६० हजार एक सय ५६ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये छ वटा समुहको सुचक घटेकाछन भने सात वटा समुहको सुचक बढेकाछन् । आज बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ७९ अंकले घटेर १८ सय १४ दसमलव ४२ बिन्दुमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र लगानी समुहको सुचक पनि घटेकाछन् ।

जलबिद्युत समुहको सुचक ४६ दसमलव ४९ अंकले बढेर २५ सय ५६ दसमलव ६९ बिन्दुमा चढेकोमा लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेका अनुसार आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर एक हजार ५७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य चार दसमलव १२ प्रतिसतले घटेर चार सय ८९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता नौ सय आठ रुपैयाँ अन्तिम मुल्यमा ३४ करोड ७५ लाख ६८ हजार ९३ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्