आहा रारा गोल्डकप : साविक विजेता मनाङमर्स्याङदी पहिलो खेलबाटै बाहिरियो

काठमाडौं, चैत २३ । १९ औं संस्करणको आहा रारा गोल्डकप अन्तर्गत सोमबारको खेलमा साविक विजेता मनाङमर्स्याङदी क्लब संकटा क्लबसँग १–० ले पराजित हुँदै पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

जितसँगै संकटा सेमिफाइनल प्रवेश गरेको छ । संकटाले सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्