नेपालमा पनि एकाएक बढ्यो कोरोना : सरकारले फेरि गर्ला त लकडाउन ? यसो भन्छन् -स्वास्थ्यमन्त्री

काठमाडौं, चैत २४ । भारतमा कोरोना बढेकाले नेपालमा पनि कोरोना संक्रमण फैलिन थालीसकेको छ । पछिल्ला दिहरुमा नेपालमा कोरोना संक्रमीत बढिरहेका छन भने मुत्युदर पनि बढिरहेको छ । हिजोमात्रै कोरोनाबाट नेपालमा एकैदिन ४ जनाले ज्यान गुमाएका छन् । यसरी छिमेकी देश भारतमा कोरोना ह्वात्तै बढेपछि त्यहाँ लकडाउ तथा कर्फ्यु समेत लगाइएको छ ।

यता नेपालमा पनि लकडाउन हुने हल्ला बजारमा छ । यस विषमा स्वास्थ्य मन्त्री बोलेका छन् । उनले तत्काल सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका हुन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।

उनले लकडाउनभन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए। लकडाउनले कोभिड नियन्त्रण गर्न सहज हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए।

छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए। यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यसमध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए। नेपालमा चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबारदेखि शुरु हुँदैछ

प्रतिक्रिया दिनुहोस्