धरापमा पर्‍यो कर्णाली प्रदेश सरकार, तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं, चैत २४ । विकसित राजनीतिक घटनाक्रमका कारण कर्णाली प्रदेश सरकार धरापमा परेको छ । कर्णाली प्रदेश सरकार रहेका एमालेका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेश सरकार धरापमा परेको हो ।

एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका हुन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ । यसरी पछिल्लो समय राजनीतिक परिवेशमा मन्त्रीहरुले राजीनामा दिने कारवाही गर्ने कार्य चलीरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्