ललितपुर मेयर–११ लाई १० विकेटले पराजित गर्दै एपीएफ विजयी

काठमाडौं , चैत २४ । पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ विजय भएको छ । मंगलबार भएको खेलमा एपीएफले ललितपुर मेयर–११ लाई १० विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर–११ ले दिएको ६७ रनको लक्ष्य एपीएफले ९ ओभर १ बलमा विनाविकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि राजमती ऐरीले ३३ रन बनाइन् । त्यस्तै, इन्दु बर्माले २८ रनको योगदान गरिन् ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

ललितपुर मेयर–११ का लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रनको योगदान गरिन् । त्यस्तै, सरस्वती कुमारीले १२ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ एपीएफका लागि विनु बुढाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै, रेखा रावलले २ विकेट लिँदा सुमन विष्ट, करुणा भण्डारी र सीता रानामगरले समान एकरएक विकेट लिए ।

एपीएफले लगातार तीन खेलमा जित निकाल्दै फाइनल सम्भावनालाई जीवित राखेको छ ।

प्रतिक्रिया दिनुहोस्