एक जेलबाट १८ सय भन्दा बढी कैदी फरार, पक्रन निर्देशन

काठमाडौं, चैत २४ । एक जेलबाट १८ सय भन्दा बढी कैदी फरार भएका छन् । यो खबर नाइजेरियाको हो । त्यहाँ रहेको एक जेलबाट १८ सय भन्दा बढी कैदीबनदी फरार भएका हुन् ।

बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलमा रहेका कैदीमध्ये १८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन् । सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरूले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका थिए । राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’ भनेका छन् । उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्