नेप्सेमा दोहोरो अंकले वृद्धि भएर पुनः नयाँ रेकर्ड : साढे ७ अर्बको कारोबार

काठमाडौं , चैत २४ । साताको तेस्रो आज नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले वृद्धि भएर पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । आज बजार परिसुचक नेप्से १५।४२ अंकले वृद्धि हुँदा २६७४.४७ अंकमा बन्द भएको छ ।

नेप्से वृद्धि हुँदा कारोबार रकम भने करिब साढे ७ अर्ब पुगेको छ । नेप्सेमा अ‍ाज ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजारको कारोबार हुँदा १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएको छ ।

अ‍ाइतबार बनाएको रेकर्ड तोड्दै सोमबार २६५८.७५ अंकमा बन्द भएको थियो । नेप्ले मंगलबार उक्त रेकर्ड ब्रेक गरेको हो । गत मंसिर १३ गते ५३ महिना पुरानो ९२०७३ साउन १२ गतेको० १८८१ अंकको रेकर्ड ब्रेक गर्दै अगाडि बढेको नेप्से फागुन ९ गते २६४० अंकको ऐतिहासिक बिन्दुमा पुगेको थियो ।

त्यसपछि करिब १० प्रतिशतको करेक्सन भएर डेढ महिनामा नै उक्त रकेर्ड ब्रेक गर्दै आइतबार २६५७.६१ अंकमा पुगेको थियो । सोमबार उक्त रेकर्ड ब्रेक गरेकोमा अ‍ाज पुनः नयाँ रेकर्ड बनाएको हो ।

आज बजारलाई लिड गर्ने बैकिङ उपसुचकको साथै वित्त कम्पनि जीवन बिमा, निर्जिवन बिमा, अन्य र व्यापार उपसुचक घटेका छ । तर विकास बैक, लघुवित्त, हाइड्रोपावर, उत्पादन, होटेल तथा पर्यटन, लगानि उपसुचक उल्लेख्य बढेका छन् ।

व्यापार उपसुचक सर्वाधिक ९.४६ प्रतिशतले घटेको छ भने निर्जिवन बिमा उपसुचक २।०४ प्रतिशत, वित्त कम्पनि उपसुचक १.१० प्रतिशत र बैकिङ उपसुचक ०.०३ प्रतिशतले घटेको छ ।यता होटेल तथा पर्यटन उपसुचक सर्वाधिक ५‍‍.६२ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसुचक ४.४६ प्रतशतले बढेको छ ।

करोबार रकममा भने नेपाल इन्फ्रास्ट्रचर बैकले लिड गरेको छ । बैंकका सबैभन्दा धेरै ३९ करोड ८० लाख ५७ हजारको कारोबार भएकोछ। यस्तै चिलिमे हाइड्रोपावर को ३१ करोड १० लाख ६४ हजारको कारोबार भएकने छ ।

आज नेप्सेमा चन्द्रागिरी हिल्ससहित ११ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मुल्यमा सर्किट लाग्नेमा हाइड्रोपावर र लघुवित्त बढी छन् ।

साल्ट ट्रेडिङकने सेयर मुल्यमा नकारात्मक सर्किट लाग्दा अजोड इन्योरेन्स र सानीमा जनरल इन्स्योरेन्सको मुल्यमा करिब ९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्