माओवादीले गर्यो ४ सांसदलाई निलम्बन , पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं , चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट निलम्बन गरेको छ । निलम्बन गरेको पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता गराएको छ ।

सांसदहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताएका छन् ।

माओवादी छाडेर एमालेमा लागेका मन्त्रीहरुलाइ पार्टीले स्पष्टिकरण सोधेको थियो । तर उनीहरुले जवाफ भने दिएका थिएनन् । चार जना सांसदलाई पदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको छ ।यता मन्त्री रामबहादुर थापा बादलबारे कारबाही गरेको पत्र भने माओवादीले सचिवालयमा दर्ता गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्