नायिका करिना कपुरले लगाइन ४१ हजार बढीको मास्क , सबै चकित

काठमाडौंं, चैत २४ । विश्वभर कोरोना फैलीरहेका बेला यति बेला सबैले कोरोनाबाट बच्न विभिन्न उपाय अप्नाइरहेका छन् । मुम्बईमा कोरोनाभाइरसको संक्रमणले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ ।

पछिल्लो केही समयमा यहाँ कलाकाहरुमा पनि कोरोना संक्रमण पुष्टि भएइरहेको छ । रणबीर कपुर, आलिया भट्ट, परेश रावल, विक्की कौशल, गोबिन्दा, भूमि पेडनेकर र अक्षयकुमार लगाएत थुप्रै कलाकार यसको चपेटमा आइसकेका छन् । उनीहरुले कोभिडको नियमलाई राम्रोसँग पालना गर्न आग्रह गरिरहेका छन् ।

हालै नायिका करिना कपुर खानले पनि प्रशंसकसँग सावधानी अपनाउन अपिल गरेकी छिन् । उनले यस्तो अपिल गरिरहदा एउटा चर्चाको विषय पनि बनेको छ । त्यो हो उनको मास्क । जसको मूल्य सुन्दा तपाई अच्चमम पर्नु हुन्छ होला । साँच्चै नै सबैलाई चकित पारिदिने किसिमको छ ।

सोसल मिडियामा चर्चित रहने करिना कपुर खान आफ्नो नीजि र व्यावसायिक जीवनबारे प्रशंसकलाई जानकारी दिइरहन्छिन् ।यसै क्रममा नायिका करिनाले हालै मास्क लगाएको आफ्नो एउटा फोटो सेयर गरिन् । तस्बिरमा करिनाले कालो रङको मास्क लगाएको देख्न सकिन्छ र प्रशंसकलाई पनि यसो गर्नका लागि जागरुक बनाइन् । योसँगै उनले क्याप्सनमा लेखिन्, ‘यो कुनै प्रोपोगान्डा होइन । कृपया आफ्नो मास्क लगाइराख्नुहोस् ।’

मास्कमा सेतो रङले एलभी सिम्बल पनि लेखिएको छ । यो मास्क सिल्क पाउचका साथ पाइन्छ । यो ब्रान्डको वेबसाइटमा यसको मूल्य ३५५ डलर रहेको बताइएको छ । नेपाली मुद्रामा यो मास्कको मूल्य ४१,४४५ पर्छ । यसरी उनको यो मास्कको मुल्य सुन्दा जो कोही पनि अच्चमीत पर्नै गरेका छन् । के साच्चै होला त त्यो मास्कको मूल्य त्यति नै ?

प्रतिक्रिया दिनुहोस्