ओलीसँग आत्मसमर्पण गर्दैनौँ , पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउछौं: नेता नेपाल

काठमाडौँ, चैत २४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले वडा तहसम्म पार्टीको समानान्तर कमिटी बनाउने र ओलीसँग आत्मसमर्पण नगर्ने उल्लेख गरे ।

सकारात्मक शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने बताउँदै नेता नेपालले सांसद पद जाने प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट नतर्सिन पनि सांसदहरुलाई सुझाव दिए । सांसद पद ओलीले संसद् विघटन गर्दा नै गएको र सर्वोच्च अदालतको फैसलाले फर्किएको उनले बताए ।

आफूहरुलाई माओवादीसँग निकट रहेको भन्दै ओलीले इमोशनल ब्ल्याकमेल गरेको नेता नेपालले आरोप छ । उनले पार्टीलाई नयाँ ढंगले एकताबद्ध रुपमा अघि बढाउने पनि स्पष्ट पारे । साथै नेता नेपालले अब छिट्टै मध्यावधि चुनाव हुने सुनेको भन्दै ओलीले के–के गर्छन् हेर्न बाँकी रहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्