म माथि बम हान्नेलाई गृहमन्त्री बनाए , थापालाई गृहमन्त्री बनाउनु गल्ती भयो : प्रचण्ड

काठमाडौं, चैत २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताएका छन्।

मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री बनाउनु नै आफ्नो गल्ती भएको उल्लेख गरे । केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको उनको भनाइ रहेको थियो ।

प्रचण्डले भने ‘म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समिति बनाए। गल्ती त भएकै हो’, ।  अहिले गृहमन्त्री थापा प्रचण्डको साथ छोडेर ओलीतिर गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्