प्युठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

काठमाडौं, चैत २६ । आगलागीमा परेर प्युठानमा दुई बालबालिकाको मृत्यु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छहो ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्