भीम रावलको संयोजकत्वमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा, तोकिए ८ जिल्लाका अध्यक्ष

काठमाडौं, चैत २५ । एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले सुदूरपश्चिम प्रदेशमा पार्टीको समानान्तर प्रदेश कमिटी बनाएको छ ।

भीम रावल संयोजकत्वमा प्रदेश कमिटी घोषणा गरिएको हो । सोमबार र मंगलबार दुई दिन भएको भेलाले सुदूरपश्चिमका नौमध्ये ८ जिल्लामा नेपाल पक्षले अध्यक्ष पनि तोकेको छ ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युताँएपछि सुरु भएको एमालेभित्रको विवाद प्रदेश र जिल्ला हुँदै तल्लो निकायसम्म पुगेको छ ।

पार्टीभित्रको खनाल–नेपाल समूह यतिबेला प्रदेश र जिल्लामा समानान्तर कमिटी बनाउन सक्रिय छ । प्रधानमन्त्री केपी ओलीले २८ फागुनमा खनाल–नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेलगत्तै यो समूहले समानान्तर कमिटीको अभ्यास थालेको हो ।

यी हुन् नेपाल–खनाल समूहका जिल्ला अध्यक्ष

कैलाली– दीर्घ सोडारी
कञ्चनपुर– तारा लामा तामाङ
डोटी– चक्र बहादुर मल्ल
डडेल्धुरा– तारा जोशी
बैतडी– महादेव भट्ट
अछाम– शेर बहादुर कुँवर
बझाङ– दिल बहादुर सिंह
बाजुरा– गगन रावल
दार्चुला– तोक्न बाँकी

प्रतिक्रिया दिनुहोस्