गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं , चैत २५। गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले राजीनामा दिएका हुन्। बुधबार मन्त्रीद्वयले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङसमक्ष राजीनामा बुझाएका हुन्।

पार्टीको निर्देशन बमोजिम उनीहरुले राजीनामा दिएको बताएका छन्। मन्त्रीहरुले राजीनामा दिए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिएको छैन।

निर्वाचन आयोगले माओवादी केन्द्र र एमालेलाई पहिलेकै अवस्थामा ब्यूँताइदिएपछि दुवै दल आ(आफ्नो कित्तामा फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्