ललितपुर मेयर कपः लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं , चैत २६ । सुदूरपश्चिम प्रदेश पहिलो संस्करणको ललितपुर मेयर कप महिला ट्वान्टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । लिगमा चारमध्ये तीन खेलमा जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले अब फाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ एक खेलअगावै फाइनल पुगिसकेको छ । लिगमा ३ खेल खेलेको एपीएफले ६ अंक जोडेको हो । सुदूरपश्चिमले चार खेलबाट ६ अंक जोडेको छ ।

बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

 

प्रतिक्रिया दिनुहोस्