लगातार बढिरहेको नेप्से आज झिनो अंकले घट्यो , ७ अर्ब १४ करोडको कारोबार

काठमाडौं, चैत २५ । यो साता लगातार बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने ‘ब्रेक’ लागेको छ। आज परिसूचक २.८५ अंकले घटेर २६७१.६१ अंकमा कायम भएको छ।

आज २१५ वटा कम्पनीको एक करोड ६३ लाख ६६ हजार कित्ता सेयर ७५ हजार २६५ पटक खरिद-बिक्री हुँदा सात अर्ब १४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार सबैभन्दा धेरै निर्जीवन बिमा २०१.३९, व्यापार समूह १६३ र जीवन बिमा समूह १०६.६९ अंकले घटेको छ। त्यस्तै जलविद्युत समूहमा ३३.०३, उत्पादन समूहमा ८०.५५ र अन्य समूहमा १८.९१ अंकको गिरावट देखिएको छ। होटल तथा पर्यटन समूहको उपसूचक भने २३२.६४ अंकले बढेको छ।

त्यस्तै बैंकिङ, विकास बैंक, वित्त, लघुवित्त र म्युचुअल फण्डको उपसूचक क्रमशः ५.२३, ४०.५२, ०.९८, १०७.४४ र ०.०४ अंकले बढेको छ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै २७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रो कम्पनीको १० लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतका दरले कमाएका छन्। रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.२६ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्