फर्निचरमा चोरी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं , चैत २५ । फर्निचर चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । मोरङ जिल्लाको कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका–८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार राय रहेको प्रहरीले जनाको छ ।

उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्