ओलीले जनताको अधिकार कुल्चिने काम गरे: अध्यक्ष प्रचण्ड

काठमाडौं, चैत २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाएका छन् । सल्यानमना आज आयोजित एक कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

कम्युनिष्ट पार्टीका नेताहरू कम्युनिष्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए । साथै कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर विदेशी शक्तिसामु आत्मसमर्पण गरेको पनि बताएका छन् ।

उनले ओलीले अहिले संविधान च्यात्ने काम शुरु गरेको बताउँदै यसबिरुद्ध काठमाडौंमा बसेर शक्ति निमार्ण गर्ने दाबि गरे । त्यस्तै सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले–एमाले र माओवादी–माओवादी भनेर भन्न नहुने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्