म्यानमारमा सेनाको व्यापक दमन: थप ७ प्रदर्शनकारीको मृत्यु

काठमाडौं, चैत २५ । पछिल्लो समय म्यानमारमा प्रर्दशन हुँदा धेरैले ज्यान गुमाइरहेका छन् । त्यहाँ भएको प्रर्दशनमा थप ७ प्रदर्शनकारीको मृत्यु भएको छ।

बुधबार प्रहरीले गोली चलाउँदा उत्तर–पश्चिमी सहर कालेमा पाँच र रंगुन नजिकैको बागो सहरमा दुई जनाको मृत्यु भएको हो। घटनामा अन्य धेरै घाइते भएको पनि बताएको छ ।

प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सेनाले व्यापक दमन गरिरहेको छ। म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा अहिले सम्म ४६ बालबालिकासहित ५८१ भन्दा बढीको मृत्यु भएको छ।

यस्तै त्यहाँको सेनाले हालसम्म २७ सय ५० प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। म्यानमारमा बिहान साढे ८ देखि बेलुका ९ बजेसम्म कर्फ्यू लगाएको छ । कर्फ्यलाग्दा त्यहाँका जनताले भने सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्