प्रतिनिधि सभाको बैठक भोलि बस्दै : सम्भावित कार्यसूची यस्तो छ

काठमाडौं , चैत २५ । प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ । यसका लागि आज सम्भावित कार्यसुची पनि सार्वजनिक गरिएको छ । बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदन पास गर्ने सम्भावित कार्यसुचीमा रहेको छ ।

त्यस्तै सभामुखद्वरा राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्य एवं कार्यकालमा राष्ट्रिय सभाको उपाध्यक्ष समेत भएका, पूर्व वाणिज्य मन्त्री, नेता एश्वर्यलान प्रधानाइको ९६ वर्षको उमेरमा भएको निधन प्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।

त्यसैगरी विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ।

त्यसैगरी, सो बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा श्रद्धाञ्जलि व्यक्त गरिनेछ। सचिवालयले तयार गरेको सम्भावित कार्यसूचिमा बैठक बस्नुअघिसम्म अन्य विषय थपघट गर्ने सकिनेछ।

यस्तो छ कार्यसुची

प्रतिक्रिया दिनुहोस्