ललितपुरको अध्यक्षमा प्रेस संगठनका न्यौपानसहित प्यानलै विजयी, मतगणना जारी

काठमाडौं, २६ चैत । नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । उनी न्यौपाने प्रेस संगठनका भएकाले उनकै व्यानल विजयी भएको हो । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।
सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यका अनुसार १० प्रदेशअन्तर्गत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसिएटमा एकै चरणमा बुधबार मतदान भएको थियो । यद्यपि कोभिडका कारण विदेशमा रहेका महासङ्घका आठवटा शाखामा निर्वाचन हुन सकेन । महासङ्घको इतिहासमा पहिलो पटक एकै पटक तीन तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिए।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए । अहिले देशभर मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्