दर्ता नभएका मोबाइल फोन जेठदेखि नचल्ने, के गर्ने अब यस्ता मोबाइल ?

काठमाडौं , चैत २६ । अब दर्ता नभएका मोबाइल फोन नचल्ने भएका छन् । आगामी जेठदेखि अवैध रुपमा नेपाल भित्रिएका र दर्ता नभएका मोबाइल फोन नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आगामी जेठ मसान्तबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लाई कार्यान्वयन गर्ने भएसँगै करको दायरामा नआएका र बिना दर्ता चलिरहेका स्मार्टफोन बन्द हुने भएका हुन् ।

प्राधिकरणले गत वर्षको चैतमा नै एमडिएमएस लागू गर्ने भनेपछि प्रविधिक ढिलाइको कारण एक वर्षपछि धकेलिएको थियो।अब भने प्राधिकरणले एमडिएमएसको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

कम्पनीले विकास गरेको उक्त प्रणाली कार्यान्वन आएपछि भन्सार, दूरसञ्चार प्राधिकरणसँग लिंक गराइने छ। त्यसपछि विदेशबाट भन्सार छलिएर नेपाल भित्रने अवैध मोबाइल र नेपाल भित्र दर्ता बिना चलेका सबै अवैध मोबाइललाई नचल्ने बनाइने दूरसञ्चार प्राधिकरणका निर्देशक मीन प्रसाद आर्यालले जानकारी दिए।

एमडिएमएस कार्यान्वयनमा आएपछि अवैध रूपमा भित्रिएको मोबाइल बन्द हुनुका साथै ट्रेडमार्क चोरी भएको मोबाइल र विदेशबाट आउने अवैध कल नियन्त्रण हुनेछ।

पछिल्लो समय वैदेशीक रोजगारीमा गएका सबै मानिसले एकभन्दा बढी नै मोबाइल फोन उपहारको रुपमा ल्याउने गरेका छन्। जुन नेपालमा दर्ता भएका हुदैनन्। नेपालको मोबाइल बजारमा आइएमईआई नम्बर दर्ता नभएका मोबाइल छ्याप्छ्याप्ती पाइने गरेको छ।

मोबाइल आयातकर्ता संघ तथा मोबाइल व्यवसायीले अवैध मोबाइल आयात रोक्न सरकार तथा दूरसञ्चार प्राधिकरणलाई पटक पटक ध्यानाकर्षण गराउदै आएको छ।

अब मोबाइल फोन दर्ता भएपछि हराएको मोबाइल पनि सहजै भेटिने प्राधिकरणले बताएकोछ । मानिसका धेरै मुबाइलहरु हराउने गरेका छन् । यो नियम लागू भएपछि हराएका मुबाइल अब सहजै भेटाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्