श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं , चैत २६ । श्रीमती हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पत्नी हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–३ हर्नैया गाउँ बस्ने ६६ वर्षीय गनपत बानियाँलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेथरी र जिप्रका रुपन्देहीबाट खटिएको टोलीले बिहिबार बिहान उनलाई पक्राउ गरेको हो ।

५५ वर्षीया पत्नी कुसुम बानियाँलाई उनले हत्या गरेको आरोप छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्