चीनको राजधानी बेइजिङ बन्यो संसारमै सबै भन्दा धेरै अर्बपति हुने सहर

काठमाडौं, चैत २६ । चीनको राजधानी बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । न्यूयोर्कलाई पछि पर्दै बेइजिङ पहिलो नम्बरमा पुगेको फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

३३ नयाँ अर्बपति थपिएसँगै बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । पछिल्लो सात वर्षसम्म सबैभन्दा धेरै अर्बपति बनेको सहर न्यूयोर्क भने यो वर्ष दोस्रो स्थानमा रहेको छ । जहाँ सन् २०२१ मा ९९ अर्बपति रहेका छन् ।

कोभिड–१९ रोकथाममा पाएको सफलता, प्रविधि सम्बन्धी कम्पनीको उदय र स्टक मार्केटले चीनमा धेरै अर्बपति थपिएका बताइएको छ । यद्यपि बेइजिङका अर्बपतिहरूको कुल पुँजीभन्दा न्यूयोर्कका अर्बपतिहरूको पुँजी ८० बिलियन अमेरिकी डलरले बढी छ ।

यो वर्ष अमेरिकामा ७२४ र चीनमा ६९८ अर्बपति रहँदा भारत धेरै अर्बपति हुने तेस्रो देश बनेको छ । भारतमा यो वर्ष १४० अर्बपति रहेका फोब्र्सले जनाएको छ । चौंथो र पाँचौँ स्थानमा रहेका जर्मनी र रुसमा क्रमशः १३६ र ११७ अर्बपति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्