गुणस्तरीय सेवा नदिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने , गर्यो यस्तो आग्रह

काठमाडौं , चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान नगर्ने संस्था तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने भएको छ ।

सेवा लिने क्रममा कुनै समस्या वा सेवा प्रदायकबाट कुनै त्रुटि भए मन्त्रालयको हटलाइन नम्बर ११३३ मा फोन गरी गुनासो टिपाउन सकिनेछ ।

यो नम्बरमा बिहान ८ देखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको इमेल ठेगाना इन्फो एट एमओएचपी डट जिओभी डट एनपीमा इमेल गरी सर्वसाधारणले गुनसो टिपाउन सक्नेछन् ।

मन्त्रालयले सम्बन्धित व्यक्ति वा संस्था दोषी भएको पुष्टि भए नियमअनुसार कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्