आईपीएल आजबाट सुरु हुँदै , उद्घाटन खेलमा को को भिड्ने भए ?

काठमाडौं, चैत २७ । इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ। यसपटकको आईपीएलको सबै खेलहरु भारतमा नै सम्पन्न हुनेछन्।

अघिल्लो सिजन आईपीएलका खेलहरु कोरोना महामारीका कारण यूएईमा भएका थए । यसपटक पनि आइपीएल बन्द स्टेडियममा हुनेछ।

प्रतियोगिताका खेलहरु अहमदाबाद, बेङ्ग्लोर, चेन्नइ, दिल्ली, मुम्बई र कोलकतामा हुनेछन्। पहिलो खेल चेन्नइको चिदम्बरम स्टेडियममा आज हुँदैछ। जसमा मुम्बई इण्डियन्स र बेङ्ग्लोर भिड्ने छन्। आईपीएलको ‍प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस् नेटवर्कमा हुनेछ। त्यस्तै लाइभ स्ट्रीमिङ डिज्नी हटस्टारमा हुनेछ।

आज हुने खेलमा एकातर्फ साविक विजेतासमेत रहेको पाँच पटकको आईपीएल विजेता मुम्बई इण्डियन्स रोहित शर्माको कप्तानीमा उत्रनेछ भने अर्कोतर्फ रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा उत्रनेछ।

 

प्रतिक्रिया दिनुहोस्