संकटा क्लबले जित्यो आहा–रारा गोल्डकपको उपाधि

काठमाडौं, चैत २८ । संकटा क्लबले आहा–रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अफ्रिकन रुट्स एशोसिएसनलाई पेनाल्टी सुटआउट (टाइब्रेकर) मा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा क्लब च्याम्पियन बनेको हो ।

यसअघि निर्धारित र थपिएको ३० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्