कोरोना त्रासः विद्यालय बन्द गर्ने विषयमा सरकारले गर्दैछ यस्तो निर्णय

काठमाडौं । कोरोनाका कारण बन्द भएर फेरि सुचारु भएका विद्यालय पुनः बन्द हुने भएका छन् । छिमेकी भारतमा कोरोना ह्वात्तै बढेपछि यसको असर नेपालमा पनि पर्न थालेको छ ।

यस कारण पनि सरकारले अब विद्यालय बन्द गर्ने तयारी थालेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल )एन प्याब्सन) लगायत शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाइएको हो ।

कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सुझाव लिन सरोकारवाला निकायलाई बोलाइएको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए । सरकारले साधानि तथा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गदै आएको छ । पछिल्लो समय कोरोना बढेपछि नेपालमा लकडाउन हुने हल्ला पनि बजारमा चलीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्