उपचार गराइरहेका ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, चैत ३० । नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेको छ । दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका समेत प्राभवित बन्न थालेका छन् । योसँगै नेपालमा पनि कोरोना संक्रमण र मृत्यु बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप पाँच कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चार जना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए । सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । उनका अनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी आउन थालेका छन् ।यता बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एक पुरुष छन् । तीनै जनाको सोमबार बिहान फरक–फरक समयमा मृत्यु भएको हो ।

तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ः२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ः५० बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा। गौतमले बताए ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ः१४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती संक्रमितमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । ‘उहाँ हिजो संक्रमण पुष्टि भएपछि राति ८ बजे अस्पताल भर्ना हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्