हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु

काठमाडौं, चैत ३० । हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगर-९ शान्तिचोकमा करेन्ट लागेर ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो।

घरमा रहेको तारलाई फलामको डन्डीले उठाउन खोज्दा विजुलीको तारमा फलामले छोएर करेन्ट लागेको हो।

प्रतिक्रिया दिनुहोस्