प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय समितिको बैठक

काठमाडौं, चैत ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

बैठक वैशाख ६ गतेका लागि बोलाएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारी सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा एमालेमा पछिल्लो समय चुलिएको विवादलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।

पछिल्लो समय अध्यक्ष ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय केही नेताहरूलाई निलम्बन गरेका छन्। यसपछि अर्को पक्ष नेपाल खनाल पक्ष भने रुष्ट छ ।

प्रतिक्रिया दिनुहोस्