कोरोना बढेपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं, चैत ३० । कोरोनाभाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने भएको छ।

बंगलादेशको नागरिक उड्ययन प्राधिकरणले आइतबार अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने जानकारी दिएको छ। यो प्रतिबन्धले ५ सय बढी उडान बन्द हुनेछन्।

आन्तरिक र चार्टर्ड उडानमाथि पनि प्रतिबन्ध लगाइएको छ। मेडिकल इमरजेन्सी, मानवीय सहायता र कार्गो फ्लाइट भने उडान गर्न सकिने छ।

यसअघि मार्चमा कोरोनाभाइरसको संक्रमण बढेपछि सरकारले ९ दिन लामो देशव्यापी लकडाउन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्