सेयर बजारमा नयाँ रेकर्डः १७ अंकले बढेर २७ सय अंक नजिक पुग्यो

काठमाडौं , चैत ३० । नेप्से २७ अंक नजिक पुगेको छ । आज सोमबार नेप्से १७ दसमलव दुई अंकले बढेर २६ सय ९१ दसमलव ५५ बिन्दुमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ७८ अंकले बढेर चार सय ८० दसमलव २९ बिन्दुमा पुगेको छ ।

नेप्सेले आज कायम गरेको बिन्दु हालसम्म कै उच्च हो । आज दुई सय १६ वटा कम्पनीहरुको ८० हजार नौ सय ५९ पटकको कारोवारमा एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ६१ करोड आठ लाख २८ हजार ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेपनि छ वटाको भने घटेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ८१ अंकले बढेर १८ सय ३८ दसमलव ७६ बिन्दुमा चढ्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६३ दसमलव ७६ अंकले बढेर १३ हजार सात सय ४८ दसमलव ८० बिन्दुमा चढेको छ ।

यसैगरी बिकास बैंक, जीवन बीमा, लघुबित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । होटल तथा पर्यटन समुहको सुचक भने ७५ दसमलव १९ अंकले घटेर चार हजार ५३ दसमलव २८ बिन्दुमा झर्दा जलबिद्युत, ट्रेडिङ, फाईनान्स, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९६ प्रतिसतले बढेर १५ सय ४५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको साँञ्जेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ४१ प्रतिसतले घटेर चार सय ५५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता नौ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा २५ करोड तीन लाख ७८ हजार ७६ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्