प्रधानमन्त्री ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, चैत ३१। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । उनले भने ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ’ ।

प्रतिक्रिया दिनुहोस्