सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो आज तोलाको ?

काठमाडौँ , चैत ३१ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर ८९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचांदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पछिल्लो समय सुन किन्नेको पनि बजारमा भिड बढेको छ । बिहेको महिना भएर पनि होला सुन पसलमा सुन्न किन्नेको भिड लागेको ।

प्रतिक्रिया दिनुहोस्