कोरोनाबाट बालबालिका जोगाउन चुनौती , कसरी जोगाउने ?

काठमाडौं , चैत ३१ । पछिल्लो समय नेपालामा भित्रिएको कोरोना भाइरस बालबालिकामा बढि असर गर्ने खालको देखिएको छ ।

सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको पनि जनाएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगिएको बताए का छन् ।

‘संक्रमण डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’

सोही अवस्थालाई मध्यनजर गर्दै काठमाडौंसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल भएको पनि उनले जानकारी गराए ।

तर तत्कालका लागि केही निर्णय नभएको अवस्थामा उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।

कोरोना बढेकाले यति बेला विद्ययाल बन्द गर्नु पर्ने भन्दा पनि सावधानी अपनाउन सरकारलाई सुझाव दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्