भारतमा एकैदिन भेटिए झण्डै १ लाख ६२ हजार संक्रमित, नेपालमा पनि जोखिम

 

काठमाडौं, चैत ३१ । भारतमा बितेको २४ घण्टामा १ लाख ६१ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालययका अनुसार अब भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ।चौबिस घण्टामा कोरोना संक्रमणका कारण भारतभर ८७९ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ। जसमध्ये १ करोड २२ लाख ५३ हजार भन्दा धेरै निको भएका छन्।

मृत्यु हुनेको कुल संख्या १ लाख ७१ हजार भन्दा धेरै पुगेको छ। हालसम्म भारतमा १० करोड ८५ लाख ३३ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् ।

भारतमा कोरोना संक्रमणले दैनिक जसो नयाँ रेकर्ड कायम बनाइरहेका बेला यता नेपालमा पनि यसको जोखिम बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्