कैलालीमा २० जनामा कोरोना संक्रमण पुष्टि, २ जना भेन्टिलेटरमा

काठमाडौं, चैत ३१ । कैलालीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले लाई जानकारी दिए ।

कोरोना संक्रमित मध्ये २ जना भेन्टिलेटर, १ जना आईसीयू र २ जनाको आईसोलेसनमा उपचार भइरहेको उनले बताए । अन्य भने होम आइसोलेशनमै रहेका छन् । पछिल्लो समय भारतबाट फर्केनेमा कोरोना पुष्टि भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्